आयुर्वेद दिवसमा नेपाल र भारतमा आयुर्वेद अभ्यासकहरु र विज्ञहरुबीच छलफल
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २८ शुक्रबार
102
Shares
काठमाडौं। पाँचौं आयुर्वेद दिवस अर्थात धन्वन्तरी जयन्तीको अवसरमा भारतीय दूतावासले आयुर्वेद क्याम्पस, ईन्स्टिच्युट अफ मेडिसिन, त्रिभुवन विश्वविद्यालयको सहयोगमा 'कोविड १९ को लागि आयुर्वेद' शिर्षकमा एक वेबिनारका साथै एक अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिता आयोजना गरेको छ ।
वेबिनारमा भारत, नेपाल र अन्य देशहरूबाट करिब २ सय जना विज्ञ सहभागी थिए। प्यानलिस्टहरुमा भारत र नेपालका ६ प्रख्यात वक्ता र आयुर्वेद अभ्यासकहरु थिए जसले आफ्नो विचारहरु र विशेषज्ञता साझा गरेका थिए।
कार्यक्रममा राजदूत विनय मोहन क्वात्राले आयुर्वेदका फाइदाहरू र बढ्दो लोकप्रियताबारे प्रकाश पार्ने एक भिडियो सन्देश दिएका थिए।
कार्यक्रममा सहभागिता भारतीय दुतावासकी मिशन उपप्रमुख नामग्या सी खम्पाले भारत र नेपालको घरघरमा पाइने बेसारलगायत आयुर्वेदिक उत्पादनको बढ्दो खपतको बारेमा चर्चा गरेकी थिइन।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रोफेसर डा शिवलाल भुसाल र विश्वविद्यालयका अन्य प्रमुख शिक्षाविद्हरू पनि उपस्थित थिए। कार्यक्रमको दौरान अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिताका विजेताहरूको पनि घोषणा गरिएको थियो।