काठमाडौं। नेपाली कांग्रेसका प्रवेश गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका तत्कालिन नेता सुनिलबहादुर थापालाई कांग्रेसले सहमहामन्त्री बनाएको छ । शुक्रवार बसेको कांग्रेस केन्द्रीय समितिको वैठकले थापासँगै प्रवेश गरेका ५ जनालाई केन्द्रीय सदस्य र ३ जनालाई आमन्त्रित केन्द्रीय समस्य समेत बनाउने निर्णय गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका नेताहरुको नेपाली कांग्रेस पार्टीमा समायोजन गर्नका लागि भएको सहमतिलाई ध्यानमा राखी, नेपाली कांग्रेसको विधान २०१७(संशोधन सहित) को धारा (४) (१०) (ङ) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा देहाय बमोजिम समायोजन गर्ने निर्णय कांग्रेस वैठकले गरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
समायोजन अनुसार सुनिलबहादुर थापा (धनकुटा) सहमहामन्त्री भएका छन् भने रामप्रसाद भट्टराई (मोरङ) – केन्द्रीय सदस्य, विष्णुविक्रम थापा (सिन्धुपाल्चोक) केन्द्रीय सदस्य, वावुराम बस्नेत (भोजपुर) केन्द्रीय सदस्य, वृजलाल यादव (बारा) केन्द्रीय सदस्य, किरण गिरी (काठमाडौं) केन्द्रीय सदस्य, टि.एन. योगी (ललितपुर) केन्द्रीय सदस्य भएका छन् । त्यसैगरि दिलिप राई (झापा) आमन्त्रित केन्द्रीय सदस्य,आशाराम चौधरी (कैलाली) आमन्त्रित केन्द्रीय सदस्य र राजेशबहादुर सिंह (कपिलवस्तु) आमन्त्रित केन्द्रीय सदस्य भएका छन्।