जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिकामा संचालित यातायात ब्यवसायीहरुले सर्वसाधारणबाट चर्को भाडा असुल्दै आएका छन् । गत कार्तिक २१ गते शुक्रबार गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाह, प्रमुख जिल्ला अधिकारी चेतराज बराल, केही यातायात ब्यवसायीहरुका प्रमुखसंग बैठक गरी बारेकोटको भाडा दर कायम गरिएको थियो । तर सहमति विपरित बारेकोटीहरुलाई चालकले चर्को भाडा असुल्दै आएका छन्।
सम्बन्धित निकायहरुले कायम गरेको भाडादर कागजमा मात्र सिमित भएको छ । बारेकोट जावत केन्द्र कालीमाटीदेखी गाउँपालिका प्रशासकिय केन्द्र सिम्सासम्म पाँच सय भाडा दर कायम भएको थियो । तर यातायात व्यवसायीले क्षमता भन्दा दोब्बर यात्र राख्दै ७ सय देखि माथी भाडा दर लिएको स्थानीयले जानकारी गराए । भाडादरमा सक्लाबाट लिम्सासम्म एक सय कायम भएपनि चालकले २ सय तीर्न बाध्य बनाएको स्थानीय लोकेन्द्र बस्नेतले बताए । सम्बन्धित निकायहरुको लापर्वाहीका कारण यातायात व्यवसायीहरुले चरम रुपमा भाडा असुली गर्दै आएका छन् ।
भाडादर असुली गर्ने क्रममा शुक्रबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कुशे यातायात प्रा.लि द्धारा संचालित को.१ज. ३६६९ नम्बरको गाडीको साचो समेत प्रशासकिय केन्द्र लिम्साबाट कब्जामा लिएको छ । जाजरकोटका एरिया नः २ का सेक्रेटरी निर्मम नेतृत्वको टोलीले सर्वसाधारणबाट चर्को भाडा असुली गर्ने क्रममा कब्जा गरेको स्थानीयले बताए ।
स्थानीय निकायहरुका प्रमुख, सम्बन्धित निकायका अधिकारीहरुले निर्धारण गरेको भाडादर भन्दा उपर असुल्दै गरेपछी पार्टीले कारबाही गरेको सेक्रटरी निर्ममले जानकारी गराए । उनले भने १४ जनालाई जावत केन्द्र कालिमाटीबाट ५ सय लिनु पर्नेमा ७ सय भन्दा वढी लिएकोले कब्जामा लिएका हौ । सर्वसाधारणको भाडा फिर्ता गरेमा मात्र साँचो चालकलाई हातपार्ने सेक्रेटरी निर्ममले फोन मार्फत जानकारी गराए ।
मनलाग्दो भाडादर असुली गर्दा पनि प्रहरी प्रशासन र सम्बन्धित निकायहरु भने बेखबर अबस्थामा रहेका छन ।