arrow

कोरोनाबाट नेकपाका नेता कुन्दन भट्टराईको निधन

logo
प्रकाशित २०७७ कार्तिक २९ शनिबार
dead-body2.jpg

झापा । झापाको अर्जुनधारा गाविसका पूर्वअध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कुन्दन भट्टराईको कोरोना सङ्क्रमणका कारण शुक्रबार साँझ निधन भएको छ ।

काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचारकै क्रममा उनको निधन भएको संविधानसभा सदस्य मनकुमार गौतमले बताए ।

फोक्सोको क्यान्सर रोगको उपचार गराइरहेका नेता भट्टराईलाई केही दिनअघि कोरोना पोजिटिभ र स्वास्थ्य अवस्था गम्भीर बनेपछि झापाको पूर्वाञ्चल क्यान्सर हस्पिटलबाट एयर एम्बुलेन्समार्फत मेडिसिटी लगिएको थियो ।

अर्जुनधारा नगरपालिका–५ घर भएका मृदुभाषी, जुझारु र बौद्धिक राजनीतिज्ञ भट्टराईकी पत्नी विष्णु भट्टराई, एक छोरा र एक छोरी छन् ।



लोकप्रिय समाचार
नयाँ