arrow

बिमा गरेका व्यक्तिको खर्च सरकारले नब्यहोर्ने

logo
प्रकाशित २०७७ कार्तिक २९ शनिबार
singhadarwar.jpg.jpeg

काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९)को बिमा गरेका व्यक्तिको खर्च नब्यहोर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कुनै बिमा कम्पनीबाट कोभिड–१९ का बिमा गरेको व्यक्तिले सबै पिसिआर परीक्षण र उपचार खर्च सरकारले नव्यहोरी निजको बिमा रकमबाट व्यहोरिने जानकारी दिए । 

उनले कोभिड–१९ को पिसिआर परीक्षण र उपचार गर्न सूचिकृत गरेका सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा कोभिड–१९ का लक्षण वा चिन्ह देखिएका बिरामीको परीक्षण र उपचार खर्च निःशुल्क गरिने जानकारी दिए । 

सर्वोच्च अदालतको आदेशपछि  यही कात्तिक २४ गते  बसेको मन्त्रिपरिषद् बैठकले सबैको पिसिआर परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो ।

 यसअघि सरकारले विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, अति अपांगता, ज्येष्ठ नागरिक, अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत रहेका कर्मचारीको मात्र निःशुल्क परीक्षण र उपचार खर्च ब्यहोर्ने भएको थियो ।

सक्षम, इच्छुक र योगदान गर्न चाहनेले परीक्षण र उपचार खर्चमा आफै योगदान गर्न सक्ने मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले  बताए ।



लोकप्रिय समाचार
नयाँ