परासी । पुजारीको हत्या गरेको अभियोगमा नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको महाराजगञ्ज जिल्ला ग्राम कबेलवा महेशपुरका २१ वर्षीय धनञ्जय मौर्य रहेका छन् ।
यही कात्तिक ९ गते नवलपरासीको सुस्ता गाउँपालिका–४ पश्चिम टाँडीका ७२ वर्षीय पुजारी महँगु केवटको धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा प्रतापपुर गाउँपालिका–६ कठहवाबाट अभियुक्तलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए ।
“अनुसन्धानका क्रममा मृत्तक केवटकी छोरीले अभियुक्तको सनाखत गर्नुका साथै अभियुक्त मौर्यले आफू स्वयंले नै हत्या गरेको बयान दिएका छिन्”, उनले भने । पक्राउ परेका मौर्यलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धानको कार्य अघि बढाइको प्रहरीले जनाएको छ । हत्याको कारणबारे अनुसन्धानका क्रममा खुल्ने केसीले जानकारी दिए।