arrow

रोनाल्डोको पोर्चुगल नेसन्स लिगबाट बाहिरियो

logo
प्रकाशित २०७७ कार्तिक ३० आइतबार
ronaldo64.jpg

काठमाडौं । डिफेन्डिङ च्याम्पियन पोर्चुगल यूईएफए नेसन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । शनिबार राति भएको खेलमा फ्रान्ससँग १–० गोल अन्तरले पराजित भएपछि पोर्चुगल समूह चरणबाटै बाहिरिएको हो । 

पोर्चुगल घरेलु मैदानमै फ्रान्ससँग पराजित भएको हो । एनगालो कान्टेले फ्रान्सलाई जिताउन निर्णायक गोल गरे । उनले एड्रियनको पासलाई खेलको ५३ औं मिनेटमा निर्णायक गोल गरेका थिए । 

जितसँगै क्रिष्टियानो रोनाल्डोको टिम पोर्चुगल बाहिरिँदा फ्रान्स भने प्लेअफमा प्रवेश गरेको छ । लिग ुएु समूह ३ को फ्रान्सले ५ खेलमा १३ अंक जोड्दा दोस्रो स्थानको पोर्चुगलले ५ खेलमा १० अंकमात्रै जोड्न सक्यो । अब समूह चरणको अन्तिम खेलमा फ्रान्सले स्वीडेनसँग र पोर्चुगलले क्रोएसियासँग खेल्नेछ ।

शनिबार राति भएको अर्को खेलमा स्वीडेनले क्रोएसियालाई २–१ गोल अन्तरले हरायो । क्रोएसिया र स्वीडेनको समान ३–३ अंक रहेको छ ।



लोकप्रिय समाचार
नयाँ