arrow

कीर्तिमानी रामोसको बिर्सनलायक खेल, एकै खेलमा दुई पेनाल्टी खेर 

logo
प्रकाशित २०७७ कार्तिक ३० आइतबार
ramos4.jpg

काठमाडौं । महत्वपूर्ण खेलमा सर्जियो रामोस पेनाल्टीलाई गोलमा परिणत गर्न असफल भएपछि स्पेन बराबरीमै राकिएको छ । यूईएफए नेसन्स लिग फुटबलमा शनिबार राति भएको खेलमा स्पेन स्वीट्जरल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

कप्तान रामोसले बिर्सनलायक प्रदर्शन गर्दै दुई वटा पेनाल्टी हान्ने अवसरलाई खेर फाले । स्पेनका लागि १ सय ७७ औं खेल खेल्दै राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने युरोपेली खेलाडीको कीर्तिमानी बनाएका रामोसलाई यही कीर्तिमानी खेल भने भारी पर्यो । 

खेलको २६ औं मिनेटमा रिमो फ्रयूलरले गोल गर्दै घरेलु टोली स्वीट्जरल्याण्डलाई अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा स्पेनले बराबरी गर्ने अवसर पायो । तर पेनाल्टीमा रामोस गोल गर्न चुके ।

७९ औं मिनेटमा निको इल्भेदीले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा स्वीट्जरल्यान्ड १० खेलाडीमा समेटियो ।

अल्भारो मोराटालाई पेनाल्टी क्षेत्रमा लडाएपछि निकोले कार्ड पाएका थिए । स्पेनले ८० औं मिनेटमा पुनः पेनाल्टी पायो । रामोस फेरि गोल गर्न चुके । 

तर, खेलको ८९ औं मिनेटमा जेर्राड मोरेनोले गोल गर्दै स्पेनलाई हारबाट जोगाए ।

बराबरीसँगै लिग ‘ए’ समूह ४ मा स्पेनले ५ खेलमा ८ अंक जोडेको छ । स्वीट्जरल्यान्ड ३ अंक जोडेर पुछारमा रहेको छ ।

समूहको अर्को खेलमा जर्मनीले युक्रेनलाई ३–१ गोल अन्तरले हरायो । जर्मनी ९ अंकसहित शीर्ष स्थानमा छ भने युक्रेनको ६ अंक छ । 



लोकप्रिय समाचार
नयाँ