काठमाडौं । दक्षिण कोरियामा कोरोना भाइरसको तेस्रो लहर सुरु भएको दावी गरिएको छ । कोरियाको स्वास्थ्य मन्त्रालयले तेस्रो लहर सुरु भएको बताएको हो । लगातार आठौं दिन २०० भन्दा बढी नयाँ संक्रमित सामुन्ने आएपछि कोरियाले तेस्रो लहर सुरु भएको बताएको हो ।
मन्त्रालयले शनिबार २०८ वटा नयाँ संक्रमितका केस आएको जनाएको छ । यीमध्ये १७६ केस विदेशबाट आएका यात्रुमा देखिएका हुन् । कोरियामा गत जनवरीमै चीनको वुहानबाट सुरु भएको कोरोनाको केस भेटिएको थियो । तर उसले कोरोनालाई राम्रोसँग नियन्त्रण गर्न सफल भयो ।
अहिले विश्वकै ९० औं स्थानमा छ । मात्र २८ हजार ५४६ जना मात्र संक्रमित भएका छन् । ४९३ जनाको ज्यान गएको छ । निकै कडाइ गरेपछि संक्रमण नियन्त्रणमा आएको थियो ।
तर पछिल्ला दिनमा देखिएको यो संक्रमणको दरका कारण सरकारले कडा कदम उठाउने योजना बनाएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन् ।
दक्षिण कोरियामा जनवरीदेखि मार्चको बीचमा पहिलो लहर, जुनदेखि अगष्टको बीचमा दोस्रो लहर र अहिले तेस्रो लहर सुरु भएको जनाइएको छ ।