काठमाडौं । चाडपर्वको मौका छोपी एलओसीमा निहत्था नागरिकमाथि पाकिस्तानले गरेको आक्रमणप्रति भारत सरकारले निन्दा गरेको छ । भारतले एलओसीमा पाकिस्तानका तर्फबाट युद्धविरामको उल्लंघन भएको भन्दै निन्दा गरेको हो ।
यो घटनालाई गम्भीरपूर्वक लिँदै भारतीय विदेश मन्त्रालयले शनिबार पाकिस्तानी हाइ कमिशनका अफिसरलाई विरोध पत्र पठाएका छन् । भारतले पाकिस्तानी यो हर्कतको कडा निन्दा गर्दै निहत्था नागरिकमाथि गोलीबारी गर्नु निकै दुःखद छ ।
विदेश मन्त्रालयले एक बयान जारी गरेको छ । उक्त बयानमा पाकिस्तानी सेनाले भारतीय चाडपर्वको अवसर पारेर जानीजानी एलओसीमा युद्धविरामको उल्लंघन गरेको उल्लेख गरिएको छ ।
विदेश मन्त्रालयले पाकिस्तानी हाइ कमिशनसँग लगातार आतंकवादीहरुको घुसपैठको मामला पनि उठाएको छ । भारतले पाकिस्तानी सेनाले आतंकवादीहरुको मद्धत गरेर घुसपैठ गराएको आरोप पनि लगाएको छ ।
उक्त गोलीबारीमा बीएसएफ र आर्मीका पाँच जना जवानले ज्यान गुमाएका छन् भने ६ सर्वसाधारणको पनि ज्यान गएको छ । शुक्रबार पाकिस्तानी सेनाले नियन्त्रण रेखा (एलओसी) मा युद्धविराम तोडेको थियो ।