काठमाडौँ । मुलुकभर कोरोना भाइरस चौध सय सतहत्तर जनामा पुष्टि भएको छ । साथै आइतबारसम्ममा २ लाख ९ हजार ७७६ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा यहाँ जारी बुलेटिन अनुसार विगत २४ घण्टामा २ हजार ७९८ जना निको भइ घर फर्किएका छन् । योसँगै निको हुनेको १ लाख ७३ हजार ४३० संख्या पुगेको छ । मन्त्रालयका अनुसार ३५ हजार १ सय २५ जना सक्रिय संक्रमित रहेका छन ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८०७ जनामा संक्रमण देखिएको छ । ती मध्ये ३५२ महिला र ४५५ जना पुरुष रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ६३२, ललितपुरमा १३३ र भक्तपुरमा ४२ जना नयाँ संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार ६ जनाको कोरोना संक्रमणबाट निधन भएका छ । अहिलेसम्म संक्रमणबाट निधन हुनेको सङ्ख्या एक हजार २ सय २१ पुगेको छ ।
हालसम्म पीसीआर विधिबाट १६ लाख ९ हजार ७९ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ६ हजार ४७६ पीसीआर परीक्षण भएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौँमा छ सय ३२, रुपन्देहीमा ९१, ललितपुरमा १३३, दाङमा ६४, नुवाकोटमा ४४, भक्तपुरमा ४२, चितवनमा ३६, कैलालीमा ३३, कास्कीमा ३९ र मोरङमा ३१ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै सुनसरीका २६, बाँकेमा २८, झापा, गुल्मी र पाल्पामा २२-२२, कपिलवस्तुमा १७, नवलपरासीमा १६, सोलुखुम्बुमा १३, प्युठानमा १०, धादिङमा नौ, ताप्लेजुङ र नवलपरासी पूर्वमा आठ-आठ, तेह्रथुममा सात र धनकुटा, तनहुँ, बर्दिया, दैलेख, कञ्चनपुर, बझाङ र बैतडीमा छ जनामा संक्रमण पुष्टि भएको छ ।
खोटाङ, गोरखा, सप्तरी, काभ्रे, सिन्धुली र अर्घाखाँचीमा चार-चार, सिराहा, इलाम, दोलखा र मकवानपुरमा पाँच-पाँच, बारा, रसुवा, स्याङ्जा र अछाममा तीन-तीन जना, भोजपुर, संखुवासभा, रौतहट, सर्लाही, लमजुङ, बागलुङ, रोल्पा, रुकुम पश्चिम, सुर्खेत र डडेल्धुरामा दुई-दुई र उदयपुर र ओखलढुंगा, धनुषा महोत्तरी, सल्यान र हुम्लामा एक-एक जनामा संक्रमण भएको मन्त्रालयले जानकारी दिएको छ ।