बलेवा। बागलुङको जैमिनी नगरपालिका–९ पैँयुथन्थापमा आइतबार साँझ आगलागी हुँदा एक घरगोठ जलेर नष्ट भएको छ। पैँयुथन्थापका ललितादेवी सर्कीनीको घर र सोही ठाउँमा बस्ने मनबहादुर नेपालीको गोठ जलेको हो । ढुङ्गा माटोले बनेको कच्ची घरगोठ जलेका हुन्।
ललिताको घरमा विद्युत चुहिएर लागेको आगोले छेवैमा रहेको गोठसमेत समातेको स्थानीयले बताए। आगलागीबाट घरमा रहेका लत्ता कपडा, अन्नपात सबै जलेका छन्। केही नगद र गरगहनासमेत जलेको पीडित सर्कीनीले बताए।
साँझको समयमा घरमा आगलागी भएका घरमा बस्नेहरुले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ। स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो। गोठमा रहेका पशु चौपायलाई समेत दाम्लो काटेर जोगाइएको स्थानीय बबिन शर्माले बताए। उनका अनुसार घरगोठ जल्दा करिब रु १० लाखको क्षति भएको छ।