बंगलादेशमा कोभिडको संक्रमण बढ्दो, छ हजारभन्दा बढीको मृत्यु
सिन्ह्वा,
प्रकाशित २०७७ मंसिर १ सोमबार
104
Shares
ढाका। बंगलादेशमा पनि पछिल्लो समयमा कोभिड-१९का संक्रमितहरु बढ्दै गएको बताइएको छ। बंगलादेशमा आइतबार मात्र १ हजार ८३७ जना संक्रमित भेटिएका बताइएको छ। बंगलादेशमा शुरुमा कोभिडका संक्रमित नदेखिएको भए पनि अहिले बढ्दै गएका छन्।
यहाँ अहिलेसम्म ४ लाखभन्दा बढी संक्रमित भएका छन्। बंगलादेशमा आइतबारसम्म ४ लाख ३२ हजार ३३३ जना संक्रमित भएका छन्। यहाँका ३ लाख ४३५ जना संक्रमित निको भएका छन्। बंगलादेशको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यहाँ १.३४ प्रतिशत नागरिकको मृत्यु भएको छ।
बंगलादेशको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार यहाँका नागरिकमा निको हुने दर ८०.८५ प्रतिशत रहेको पनि बताएको छ।बंगलादेशका अधिकारीहरुले पछिल्लो समयमा यहाँ कोभिड संक्रमितहरुको संख्या बढ्दै गएको बताएका छन्।
अधिकारीहरुले यहाँका संक्रमितहरुको निको हुने दरमा पनि बृद्धि हुदै गएको पनि बताएका छन्।