arrow

उपचारका क्रममा पूर्वगाविस अध्यक्ष पौडेलको निधन

logo
प्रकाशित २०७७ मंसिर १ सोमबार
Dead_Body.jpg.jpeg

दमक । मोरङको साविक मधुमल्ला गाविसका पूर्वअध्यक्ष काशीनाथ पौडेलको सोमबार निधन भएको छ । 

७० वर्षीय पौडेलको उपचारका क्रममा दिउँसो काठमाडौँमा निधन भएको हो । 

पेटमा समस्या भएपछि उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा लगिएको थियो । 

त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँ लगिएको थियो ।

 पौडेल दमकका सहकारी संस्थाद्धारा सञ्चालित अन्तरसंस्था बहुद्धेश्यीय कृषि उद्योग केन्द्रका अध्यक्षसमेत थिए । 



लोकप्रिय समाचार
नयाँ