arrow

होटल संचालकसहित तेह्र जुवाडे प्रहरीको फन्दामा

logo
रबिन्द्र यादव,
प्रकाशित २०७७ मंसिर १ सोमबार
juwa-ko-khal.jpg.jpeg

नवलपरासी पश्चिम । नवलपरासी पश्चिम जिल्लाको एक होटलमा जुवा खेल्दाखेल्दै होटल संचालक सहित १३ जना पक्राउ परेका छन् ।

बर्दघाट नगरपालिका वडा नं २ चिसापानी स्थित रोयल कटेजमा जुवा तास खेल्दै गरेको अवस्थामा १२ जना जुवाडेलाई इलाका प्रहरी कार्यालय बर्दघाटले पक्राउ गरेको हो ।

 उनीहरूबाट तीन लाख ८७ हजार पाच सय पैसठ्ठी रुपैया नगद सहित होटल संचालक धुर्व भण्डारीलाई समेत पक्राउ गरेको हो । 

अहिले उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसंधान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ