गण्डकी । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म मुत्यु हुनेको सङ्ख्या १२३ पुगेको छ । भाइटिकाको दिन सोमबार पोखरामा एक कोरोना संक्रमिकको मृत्यु भएसँगै प्रदेशमा मृत्यु हुनेको सङ्ख्या १२३ पुगेको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ¬पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत पोखरा १५ का ७० कर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।
कात्तिक ३० गते कोराना संक्रमण पुष्टि भई उपचाररत पुरुषको सोमवार ५:२२ बजे निधन भएको निर्देशक डा. बिनोदविन्दु शर्माले जानकारी दिए ।