arrow

हुम्लाको उत्तरी भेग नाम्खामा थप २६ जना गरि कोरोना संक्रमितको संख्या ५३ पुग्यो 

दुई जनालाई हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं पठाइयो

logo
जनकबहादुर शाही,
प्रकाशित २०७७ मंसिर १ सोमबार
in-corona3.jpg

हुम्ला। हुम्ला जिल्लाको सदरमुकाम सिमकोटदेखि उत्तरतिर पर्ने नाम्खा गाउँपालिका वडा नम्वर ४ यालवाङमा सोमबार थप २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । २७ जनामा कोरोना पुष्टि भएको १ दिनपछि नाम्खा गाउँपालिकाका थप २६ जनामा कोरोना देखिएको हो । नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा गरिएको एन्टिजिन किटमा गरिएको नमूना परीक्षणमा २६ जनामा संक्रमण देखिएको हो । योसंगै नाम्खामा कोरोना संक्रमितको संख्या ५३ पुगेको छ ।

अघिल्लो २७ जनामा कोरोना पुष्टि भएको पालिका केन्द्रमा रहेको याल्वाङको महावौद्ध माविकै अरु २६ जनामा कोराना पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए । हुम्ला जिल्लाकै निक्कै सुरक्षित ठानिएको नाम्खा गाउँपालिकाको समुदायमा कोरोना देखिएको हो । अहिले कोरोना संक्रमण भेटिए लगत्तै संक्रमण थप नफैलियोस् भन्नका लागि नाम्खा गाउँपालिका, गाउँपालिका केन्द्रमा रहेको महाबौद्ध मावि याल्वाङ र उक्त विद्यालयको छात्राबास सिल गरिएको छ ।

पालिका केन्द्र याल्वाङमा रहेका ५३ जना संक्रमित मध्ये २ जना निको भएर घर फर्किसकेका छन् भने २ जनाको श्वासप्रश्वासमा समस्या आए पछि नाम्खामा ति संक्रमितलाई दिने अक्सीजन नहुँदा सिम्रीक यएरको हेलिकोप्टरबाट उद्दार गरि सिमकोट हुँदै काठमाडौंको ह्याम्स अस्पताल लगिएको नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर तामाङले बताए । हेलिकप्टरबाट उद्दार गरिएका संक्रमित श्रीमान श्रीमती हुन उनिहरुको श्वासप्रश्वासमा समस्या आए पछि आफ्नै खर्चमा हेलिकप्टर रिर्जभ गरेपछि उनिहरुलाई याल्वाङबाट सिमकोट हुँदै काठमाडौं पठाइएको अध्यक्ष बिष्णुबहादुर तामाङले बताए । 

गत कार्तिक २७ गतेबाट सुरु गरिएको परिक्षणमा ४ जनालाई पीसीआर पद्धतिबाट र अन्यलाई एन्टिजीन कीटबाट परिक्षण गर्दा  ४ दिनमा ५३ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए ।



लोकप्रिय समाचार
नयाँ