arrow

मास्चिरानोको संन्यास

logo
प्रकाशित २०७७ मंसिर २ मंगलबार
javier-mascherano.jpg

काठमाडौं । अर्जेन्टाइन मिडफिल्डर जेभियर मास्चिरानोले फुटबल खेल जीवनबाट संन्यासको घोषणा गरेका छन् । स्पेनिश क्लब बार्सिलोनाबाट व्यावसायिक खेल खेल्दै आएका ३६ वर्षीय मास्चिरानोले सोमबार फुटबल खेल जीवनबाट संन्यासको घोषणा गरेका हुन् । 

उनले आफूलाई अर्जेन्टिनाबाट करियर अन्त्य गर्ने अवसर दिएकोमा क्लबलाई धन्यवादसमेत दिएका छन् । मास्चिरानोले अर्जेन्टिनाका लागि १ सय ४७ खेल खेलेका छन् ।

बार्सिलोनाबाट आठ वर्ष खेल्दा  ३ सय ३४ खेल खेलेका थिए । मास्चिरानोले २ पटक च्याम्पियन्स लिग र ५ ला लिगा उपाधि जितेका थिए । यस्तै पाँच कोपा डेल रे जितेका छन् ।

यसअघि इंगलिश क्लब लिभरपुलबाट मास्चिरानोले सन् २००७ देखि १० सम्म र अर्को इंगलिश क्लब वेस्टह्याम युनाइटेडबाट एक वर्ष खेलेका थिए । 



लोकप्रिय समाचार
नयाँ