काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित घट्दै गइरहेका छन् । सोमबार २८ हजार ५५५ जना मात्र संक्रमित थपिएका छन् । अहिलेसम्म कोरोनाका संक्रमितको संख्या ८८ लाख ७४ हजार १७२ पुगेको छ ।
सोमबार ४० हजार २१९ जना संक्रमित कोरोनामुक्त भएका छन् । अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या ८२ लाख ८८ हजार १६९ रहेको छ ।
सोमबार ४५० जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ३० हजार ५५९ रहेको छ ।
हाल ४ लाख ५३ हजार ४४९ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो समय सबैभन्दा बढी प्रभावित भने राजधानी दिल्ली नै भएको छ । दिल्लीमा सोमबार ३ हजार ७९२ जना संक्रमित थपिएका छन् । अहिलेसम्म दिल्लीमा ४ लाख ८९ हजार २६२ संक्रमित भएका छन् । सोमबार ९९ जनाको ज्यान गएसँगै मृतकको संख्या ७ हजार ७१३ रहेको छ ।
पहिलो स्थानमा महाराष्ट्र रहेको छ । सोमबार २ हजार ५३५ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १७ लाख ४९ हजार ७७७ रहेको छ ।
नेपालसँग जोडिएको राज्य बिहारमा सोमबार ५१७ जना संक्रमित थपिए भने ५ जनाको ज्यान गयो ।