काठमाडौं । पाँचौं श्रेणीको शक्तिशाली ‘लोता’ आँधीका कारण मध्य अमेरिकामा जनजीवन प्रभावित भएको छ । सफस सिम्पसन स्केलअनुसार यो पाँचौं श्रेणीको प्रतिघण्टा २६० किलोमिटरको दरले आएको आँधीले सबैभन्दा शक्तिशाली मानिन्छ ।
यो लोताले मध्य अमेरिकी मुलुकका सयौं घरपरिवार विस्थापित भएका छन् । दुई हप्ताभित्रआँधीका कारण अधिकांश घर र भौतिक संरचनामा क्षति पुग्नुका साथै सयौं सवारी साधनहरु नष्ट भएका छन् ।
हजारौं हेक्टर जमिनमा लगाइएको बालीनाली नष्ट गर्नुका साथै यातायात सेवा समेत अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको हो ।
यसअघि सन् १९३२ मा मध्य अमेरिकी मुलुकहरुमा शक्तिशाली तुफान आउँदा सयौंको ज्यान गएको थियो ।
यो आँधी होन्डुरस र निकारागुआ प्रवेश गरेकाले त्यहाँ मानवीय र भौतिक क्षति पुग्न सक्ने अनुमान गरिएको छ ।