सर्लाही । सर्लाही बरहथवा नगरपालीका २ पन्चेमन्दिरस्थित भित्रीसडक खण्डमा बनाउँदै गरेको बाटोमा ट्याक्टरसँग ठोक्किएर एक मोटरसाइकल चालकको मृत्यु भएको छ । नम्बर नखुलेको ट्याक्टरको टेलर फुकाली बाटो छेकी राखेकोमा हजरियाबाट बरहथवातर्फ आउँदै गरेको बा ३५प ३०२७ नं को ट्याक्टरको टेलरमा ठोकिन जाँदा मोटरसाइकल चालकको मत्यु भएको हो ।
दुर्घटनामा बरहथवा नगरपालिका ३ बस्ने बर्ष २५ को सुनिल कुशुवर घाईते भई उपचारको लागि एडभान्स संजिबनी अस्पताल बरहथवामा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनायको छ ।
ग्रामीन भेगमा मोटर साइकल चलाउँदा होलमेटमात्र लगाए पनि यस्ता घटना भए पनि ठूलो घटना नहुने जिल्ला प्रहरी कार्यालय सर्लाही प्रबक्ता एवम सुचना अधिकृत मदन कुँवरले बताए । चालकले हेल्मेट नलगाएको बताइएको छ ।