arrow

उपचारका क्रममा संक्रमित पुरुषको मृत्यु

logo
प्रकाशित २०७७ मंसिर २ मंगलबार
Dead_Body.jpg.jpeg

बाँके । कोरोना संक्रमणबाट भेरी अस्पतालमा उपचाररत थप एक जनाको मंगलबार मृत्यु भएको छ । 

सो अस्पतालमा उपचार गराइरहेका दाङको घोराही उपमहानगरपालिका–१५ का ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मंगलबार बिहान मृत्यु भएको हो । 

उनलाई कात्तिक २७ गते उपचारका लागि भेरी अस्पतालमा ल्याइएकामा मंगलबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । 

उनलाई कात्तिक २७ गते कोरोना पुष्टि भएको थियो । 



लोकप्रिय समाचार
नयाँ