काठमाडौं । नेपालले दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा बंगलादेशसँग सुधारिएको प्रदर्शन गरेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार साँझ नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो ।
बंगलादेशविरुद्ध निकै आक्रामक खेल खेले पनि नेपालले गोल गर्न सकेन । यो खेलमा नेपालका छिरिङ गुरुङ, पुजन उपरकोटी र सेसेहाङ आङ्देम्बेले डेब्यु गरे । यसअघि पहिलो खेलमा तीन खेलाडीले डेब्यु गरेका थिए । विकास खवास, एरिक विष्ट र दर्शन गुरुङले डेब्यु गरेका हुन् ।
पहिलो खेलमा नेपाल बंगलादेशसँग २–० गोल अन्तरले पराजित भएको थियो । उपाधि बंगलादेशले जिते पनि नेपालले गत चैतदेखि खेल्न नपाएको खेलको तिर्सना मेटेको छ । खेलाडीहरु मैदानमा उत्रिएका छन् । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो ।
कतारमा सन् २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब तीन घरेलु खेल खेल्न बाँकी रहेको छ ।
पालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेइसँग खेल्न बाँकी रहेको छ ।