काठमाडौं । फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता फेब्रुवरीमा हुने भएको छ । फिफाले मंगलबार क्लब विश्वकप सन् २०२१ को फेब्रुवरीमा हुने जनाएको हो ।
यसअघि फिफा विश्वकप डिसेम्बरमा हुँदै आइरहेकामा यसपालि कोरोना भाइरसका कारण दुई महिना पछि सरेको हो ।
कतारमा आयोजना हुने क्लब विश्वकप फेब्रुवरी १ देखि ११ सम्म हुनेछ । इंगलिश क्लब लिभरपुल डिफेन्डिङ च्याम्पियन हो ।