arrow

चौध सय बयालीस संक्रमित थप, बाह्र जनाले गुमाए ज्यान

काठमाडौं उपत्यकामा मात्रै १ हजार ३८ संक्रमित

logo
प्रकाशित २०७७ मंसिर ३ बुधबार
corona-nepal-ministry.JPG

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप चौध सय बयालीस जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

छ हजार ७३१ नमूना परीक्षण गर्दा ९०८ पुरुष र ५३४ महिलामा गरी कूल एक हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

थपिएका संक्रमित मध्ये थप १ हजार ३८ जना काठमाडौं उपत्यकामा रहेका छन्  । उपत्यका पछिल्लो २४ घण्टामा ४०३ महिला र ६३५ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका नयाँ संक्रमितहरुमध्ये काठमाडौंमा ८२२, भक्तपुरमा ४८ र ललितपुरमा १६८ जना छन् ।

नेपालमा कोरोना संक्रमितको सङ्ख्या दुई लाख १२ हजार ९१७ पुगेको छ । 

२४ घण्टामा तीन हजार ५३८ जना कोरोनामुक्त  भएका छन् । हालसम्म एक लाख ८२ हजार ७८० जना उपचारपछि निको भएर घर फर्किएका छन् । जुन कूल संक्रमितको ८५.८ प्रतिशत हो । अठ्ठाइस हजार ८७८ सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये २६ हजार ४२१ जना होम आइसोलेसनमा छन् भने ३२६ जनाको आइसियु र ५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
 
झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपालञ्चोक, कास्की, दाङ, रुपन्देही, पाल्पा र कैलालीमा ५०० बढी सक्रिय संक्रमित छन् भने मनाङमा सक्रिय संक्रमित छैनन् । 

बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १२ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार २५९ पुगेको छ ।



लोकप्रिय समाचार
नयाँ