arrow

टीका थापेर फर्केका रत्नपुरको बाटोमा लडेर मृत्यु

logo
जनकबहादुर शाही,
प्रकाशित २०७७ मंसिर ३ बुधबार
death-humla.jpg

हुम्ला। भाइटीकाको दिन आफ्नै बहिनीको हातबाट टिका थापेर फर्केका अदानचुली ३ का ४५ वर्षिया रत्नपुर सुनारको बाटोमा लडेर ज्यान गएको छ । बहिनीको हातबाट टिका थापेर घर फर्किने क्रममा बीच बाटोबाट भीरबाट खसेर सुनारको मृत्यु भएको हो । अदानचुली ६ को पाम्समा विवाह गरेकी बहिनी प्रेमकला टमटा र जानकला टमटाको हातबाट टिका थाप्न गएका दाजु रत्नपुर टिका थापेर फर्कदा बाटोमा लडेर भीरबाट खसेर ज्यान गएको मृतकका बुबा पठाने सुनारले बताए । टिका थापेकै दिन बहिनीहरुले घर नफर्कने आग्रह गरेपनि सुनारले नमानेपछि साँझ अबेर लमहीबाट घरतर्फ लागेको उनका ज्वाई विष्णु टमटाले बताए ।

बाटोमा लडेर ज्यान गएको खबर स्थानीयले गरेपछि घटनास्थलमा गएको प्रहरी चौकीले स्थलगत मुचुल्का गरेर गाउँ ल्याएपछि मात्रै अन्यले त्यसबारेमा जानकारी पाएको श्रीनगर प्रहरी चौकीले जनाएको छ । बाटोमा रत्नपुर एक्लै भएकाले कसरी मृत्यु भएको हो भन्ने बारेमा कुनै जानकारी नभएको बताएको प्रहरी चौकीले लासको पोष्टमार्टम नगरेसम्म केही भन्न नमिल्ने जनाएको छ । लासको पोष्टमार्टमका लागि चिकित्सक अनिवार्य हुने कानूनी व्यवस्था भएपछि लाशलाई बोकेर बाजुरा जिल्लाको कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ ।



लोकप्रिय समाचार
नयाँ