काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालस्थित भारतीय राजदुत विनय मोहन क्वात्राबीच शिष्टाचार भेट भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा थापा र क्वात्राबीच शिष्टाचार भेट भएको हो ।
प्रधानसेनापति थापा र राजदुत क्वात्राबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ।
यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।