arrow

कोरोना भ्याक्सिनः २१२ भ्याक्सिनमा काम हुँदै, फाइजर अगाडि 

logo
प्रकाशित २०७७ मंसिर ४ बिहिबार
corona-vaccine-test.jpg

काठमाडौं । अमेरिकी फार्मा कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकको संयुक्त कोरोना भ्याक्सिन तेस्रो चरणको ट्रायलमा ९५ प्रतिशत प्रभावित भएको पाइएको छ । कम्पनीका अनुसार यो भ्याक्सिनले वृद्धवृद्धामा समेत प्रभाव गरेको छ । यसका कुनै पनि गम्भीर खालका साइडइफेक्टस नदेखिएको कम्पनीको दावी छ । फाइजरले यसै वर्ष ५ करोड भ्याक्सिन उत्पादन गर्ने तयारी गरिरहेको जनाएको छ । 

फाइजरले भोलेन्टियर्सलाई भ्याक्सिनको पहिलो डोज दिएको २८ दिनपछि यसबाट ९५ प्रतिशत प्रभावित पाएको हो । यसको नतिजाका कारण युएस फुड एन्ड ड्रग्स एडमिनिस्ट्रेशनको तर्फबाट इमरजेन्सी स्वीकृति हासिल गर्न सक्ने देखिएको छ । 

फाइजरले तेस्रो फेजको क्लिनिकल ट्रायल २७ जुलाइमा सुरु गरेको थियो । जसमा ४३ हनार ६६१ मानिसलाई सामेल गरिएको थियो । यिनीहरुलाई दुई भागमा विभाजन गरी अध्ययन गरिएको थियो । पहिलो समूहलाई स्लाइन पानी दिइएको थियो भने दोस्रो समूहलाई भ्याक्सिन । 

दुवै समूह मिलाउँदा १७० मामला सामुन्ने आए र तिनीहरुको अध्ययन गरियो । १७० मध्ये १६२ जनालाई स्लाइन पानी दिइएको थियो । केबल ८ बिरामी भ्याक्सिन दिएकामध्ये थिए । 

यसर्थ पनि फाइजरलाई सुरक्षित मान्न थालिएको छ । फाइजरले नोभेम्बरको तेस्रो हप्ता इमरजेन्सी स्वीकृतिका लागि फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनमा जाने बताएको छ । त्यतिन्जेलसम्म उसँग दुई महिनाको सुरक्षित डेटा हुने पनि बताएको छ । 

इमरजेन्सी स्वीकृति मिलेपछि सेन्टर पर डिजिज कन्ट्रोल र फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनले दुई महिनासम्म निगरानी गर्ने बताइएको छ । 

यो भ्याक्सिनलाई स्वीकृति दिएका खण्डमा यसले हरेक वर्ष १ अर्ब ३ करोड डोज बनाउन सक्ने दावीसमेत गरिएको छ । 

विश्वभर २१२ भ्याक्सिनमाथि काम भइरहेको बताइएको छ । विश्व स्वास्थ्य संगठनले कोभिड १९ का भ्याक्सिनमा २१२ वटामा काम भइरहेको बताएको हो । यसमा ४८ भ्याक्सिनको क्लिनिकल ट्रायलमा र ११ वटामा अन्तिम चरणको ट्रायलमा काम भइरहेको छ । 



लोकप्रिय समाचार
नयाँ