काठमाडौं । चीनसँगको जारी तनाबबीच भारतले सीमा क्षेत्र लद्दाखमा आफ्ना सेना राख्नका लागि आधुनिक आवास तयार गरेको छ । नयाँ हाउजिङ सुविधान चिसो मौसममा निकै उपयोगी हुनेछ । भारतीय सेनाका अनुसार त्यहाँ माइनस ४० डिग्री सेल्सियससम्म उनीहरु सजिलै रहन सक्नेछन् ।
यो आवासमा बिजुदी, पानी, तताउने सुविधाका साथै स्वास्थ्य र सफाइमा पनि विशेष ध्यान दिइने छ । अहिलेसम्म भारतीय सेनासँग जाडो मौसममा लगाउने स्मार्ट क्याप्समात्र रहेको थियो ।
सेनाका अनुसार फ्रन्टलाइनमा तैनाथ हुने सैनिकलाई हिटेड टेन्टमा राखिन्छ । तर अब इमरजेन्सीमा पनि उनीहरुको जरुरत पूरा गर्नका लागि उक्त आवास निर्माण गरिएको हो ।
लद्दाखमा जाडो मौसममा माइनस ३० देखि ४० डिग्रीसम्म मौसम हुने गर्दछ । नोभेम्बरपछि ४० फिटसम्म हिउँ जम्छ । उक्त समयमा सडक सम्पर्क पनि टुट्ने गर्छ ।
अब बनेका आवास उक्त क्षेत्रमा खटिने सबैका लागि हुने पनि सेनालाई उधृत गर्दै भारतीय संचारमाध्यमहरुले लेखेका छन् ।