काठमाडौँ । सुनको मूल्यमा बिहिबार गिरावट आएको छ । कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ । सोही कारण बिहिबार स्थानीय बजारमा समेत पहेँलो धातुको मूल्य प्रतितोला रु सात सयले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाला सुन प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार १०० मा कारोवार भएको थियो । बुधबारको तुलनामा बिहिबार छापावाला सुन प्रतितोला रु ७०० ले घटेको हो ।
त्यसैगरी तेजाबी सुन प्रतितोला रु ९३ हजार ९०० मा कारोवार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला रु ९४ हजार ६०० मा कारोवार भएको थियो । यस्तै चाँदी भने प्रतितोला रु एक हजार २१५ मा कारोवार भएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार २३० मा कारोवार भएको थियो । बुधबारको तुलनामा चाँदी प्रतितोला रु १५ ले घटेको हो ।