काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमित एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी थपिएका छन् । बिहीबार एकैदिन अहिलेसम्मकै बढी ६ लाख ४५ हजार संक्रमित थपिएका हुन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ७२ लाख २१ हजार पुगेको छ ।
त्यस्तै १० हजार ७२७ जनाको ज्यान गएको छ । अहिलेसम्म ज्यान गुमाउनेको संख्या १३ लाख ६४ हजार ८३७ पुगेको छ । ३ करोड ९७ लाख १३ हजार ८१३ जना कोरोनामुक्त भएका छन् । हाल १ करोड ६१ लाख ४२ हजार सक्रिय संक्रमित रहेका छन् । जसमा १ लाख २ हजारको संख्यामा गम्भीर छन् ।
सबैभन्दा बढी पीडित अमेरिकामा बिहीबार १ लाख ८९ हजार ५ सय संक्रमित थपिए । अहिलेसम्म अमेरिकामा १ करोड २० लाख ६८ हजार भन्दा बढी संक्रमित भइसकेका छन् । मृतकको संख्या २ लाख ५८ हजार ३ सय नाघेको छ । बिहीबार मात्रै लामो समयपछि दुई हजारको आँकडा नाघेको छ ।
भारतमा ४६ हजार १८२ संक्रमित थपिएर ९० लाख ४ हजार ३२५ जना पुगेका छन् । मृतक ५८४ जना थपिएर १ लाख ३२ हजार २०२ पुगेका छन् ।
ब्रजिलमा ३५ हजार ६८६ जना संक्रमित थपिएर ५९ लाख ८३ हजार ८९ जना पुगेका छन् । मृतक ६६४ जना थपिएर १ लाख ६८ हजार १४१ पुगेका छन् ।
फ्रान्समा २१ हजार १५० जना थपिएर २० लाख ८६ हजार २८८ संक्रमित पुगेका छन् । मृतक ४२९ थपिएर ४७ हजार १२७ पुगेका छन् ।
इटालीमा ३६ हजार १७६ जना थपिएर संक्रमित १३ लाख ८ हजार ५२८ पुगेका छन् । मृतक ६५३ थपिएर ४७ हजार ८७० पुगेका छन् ।
बेलायतमा २२ हजार ९१५ जना थपिएर संक्रमित १४ लाख ५३ हजार २५६ जना पुगेका छन् । मृतक ५०१ जना थपिएर ५३ हजार ७७५ पुगेका छन् ।
जर्मनीमा २३ हजार ६७६ जना थपिएर संक्रमित ८ लाख ७८ हजार २०९ पुगेका छन् । मृतक २९६ थपिएर १३ हजार ७८८ पुगेका छन् ।
३६ औं स्थानको नेपालमा २ हजार १०३ थपिएर संक्रमित २ लाख १५ हजार २० पुगेका छन् । मृतक १७ जना थपिएर १ हजार २७६ जना पुगेका छन् ।