नेपालगन्ज । बाँके प्रहरीको हिरासतमा रहेका थुनुवाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ३ बन्कट्टीका बाबुलाल रैदासले आत्महत्या गरेको बाँके प्रहरीले जानकारी दिएको छ ।
बालक अपहरण तथा हत्या गरेको अभियोगमा हिरासतमा रहेका रैदासले शुक्रबार बिहान साढे ५ बजे शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
टाउकोमा बाँधेको कपडाको पासो लगाएर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको थियो । घटनाबारे थप विवरण आउन बाँकी छ ।