गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सांसद डा. चन्द्र भण्डारीले सम्पूर्ण नेपाली जनतालाई छठ पर्वको शुभकामना दिएका छन् । नेता भण्डारीले सामाजिक संजाल फेसबुक मार्फत सम्पूर्ण नेपाली जनतालाई छठ पर्वको शुभकामना व्यक्त गरेका हुन् ।
शुभकामना व्यक्त गर्दै नेता भण्डारीले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘हाम्रो धर्म संस्कृतिले प्रकृति पूजनलाई विशेष महत्व दिएको छ । जसमा छठको विशेष महत्व छ। सूर्यको उपासना र छठ माताको पूजा आराधना गरिँदै आइएको छठको अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना ।’