arrow

तोलामा चार सयले घट्यो सुन

logo
प्रकाशित २०७७ मंसिर ५ शुक्रबार
gold-jewellery.jpg

काठमाडौँ । सुनको मूल्य शुक्रबार पनि ओरालो लागेको छ । बिहीबारको तुलनामा शुक्रबार पहेंलो धातुको मूल्य प्रतितोला चार सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला रु ९४ हजारमा कारोवार भएको छ । बिहीबार भने प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएको थियो । 

यस्तै तेजाबी सुन प्रतितोला रु ९३ हजार ५०० मा कारोवार भएको छ । बिहीबार तेजाबी सुन प्रतितोला रु ९३ हजार ९०० मा कारोबार भएको थियो । यस्तै चाँदी शुक्रबार प्रतितोला रु पाँचले घटेको छ । 

 बिहीबार प्रतितोला रु एक हजार २१५ मा कारोवार भएको चाँदी शुक्रबार भने प्रतितोला रु एक हजार २१० मा कारोवार भएको छ ।



लोकप्रिय समाचार
नयाँ