नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट एक लाख ३२ हजार १६२ जनाको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८४ जनाको मृत्यु भएको छ।
भने संक्रमित भएकाहरुको संख्या ९० लाख नाघेको छ । शुक्रबार मात्रै ४५ हजार ८८२ जना नयाँ संक्रमित थपिएका हुन् । कुल संक्रमणमुक्त भएकाहरुको संख्या भने ८४ लाख भन्दा बढी रहेको छ ।
भारतमा संक्रमणमुक्त भएकहरुको दर ९३.६ प्रतिशत रहेको जनाइएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म कुल ९० लाख चार हजार ३६५ जना संक्रमित भएका हुन ।
भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या चार लाख ४३ हजार ७९४ रहेको छ ।