arrow

३३ एसएसपीहरुको सरुवा

काठमाडौं परिसरमा सिंह, ललितपुरमा बज्राचार्य, ट्राफिक महाशाखामा भट्टराई

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर ५ शुक्रबार
Nepal-Police-new-tt.png

काठमाडौं। नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरिएको छ। गृह मन्त्रीस्तरीय निर्णयमार्फत शुक्रबार ३३ जना एसएसपीहरुको सरुवा भएको हो। सरुवा सुची अनुसार महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी अशोक सिंह आएका छन।

यस्तै महानगरीय प्रहरी परिसर ललितपुरको कमाण्डको जिम्मेवारी किरण बज्राचार्यलाई दिइएको छ। उनी महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कर्यरत थिइन। यसअघि काठमाडौं परिसरमा रहेका श्यामलाल ज्ञवालीको भने प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध नियन्त्रण महाशाखा सरुवा गरिएको छ। यस्तै ललितपुरमा रहेका एसएसपी टेकप्रसाद राईलाई प्रहरी प्रधान कार्यालय, कार्य विभाग कार्य महाशाखा नक्सालमा सरुवा गरिएको छ।

यसैगरी प्रधान कार्यालयमा तालिम महाशाखामा रहेका जनक भट्टराई महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुखमा आएका छन। यसअघी सो स्थानमा रहेका भीम ढकाललाई प्रहरी प्रधान कार्यालय, सामुदायिक प्रहरी महाशाखामा सरुवा गरिएको छ।

यस्तै केन्द्रिय प्रहरी प्रवक्ता रहेका कुवेर कडायतलाई प्रहरी महानीरिक्षकको सचिवालयबाट प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पठाइएको छ।
यस्तै एसएसपी मुकेश कुमार सिंह सुदूरपश्चिम प्रदेश तालिम केन्द्र दिपायल, डोटी पुगेका छन्। यसअघि उनी प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिममा थिए।



लोकप्रिय समाचार
नयाँ