सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिका–३ की एक ज्येष्ठ नागरिक महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा ७१ वर्षीया वृद्धाको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
निमोनियासम्वन्धी समस्या देखिएर अस्पतालमा भर्ना भएकी जेष्ठ नागरिक महिलाको बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३५ जना पुगेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले बताए ।