काठमाडौं । कुदृष्टि हटाउनको लागि कागतीको प्रयोग गरिन्छ । ग्यासको रुपमा सूक्ष्म रजोगुणी वायूलाई गति प्राधान गर्दछ र व्यक्तिको वरिपरिको तज-तम आवरणहरुलाई आफूतर्फ आकर्षित र एकत्रित गरेर राख्दछ ।
कुदृष्टि हटाउनको लागि साधारण (सादा) कागती नै लिनुपर्छ । रेखा भएको कागतीको उपयोग नगर्नुहोस् । रेखा भएको कागती थाहा पाउने पद्धति – त्यसता कागतीको एक पट्टिबाट माथि देखि तलसम्म रेखा हुन्छ । कहिलेकाँही दुबै पट्टि रेखाहरु देख्न सकिन्छ । रेखा भएको कागती कालो जादू गर्नको लागि प्रयोग गरिन्छ किन कि रज-तमात्मक ऊर्जालाई वायुमण्डलमा प्रक्षेपित गर्ने क्षमता सादा कागतीमा भन्दा यी कागतीमा अधिक हुन्छ ।
कुदृष्टि उतार्ने विधि
प्रत्येक हातमा कागती समात्नुहोस् र तिनीहरुलाई घडीको दिशामा खुट्टाबाट टाउकोसम्म गोलाकार तरिकाले धुमाउनुहोस् । त्यसपछि कागतीलाई कोइलमा जलाइन्छ वा बग्ने पानीमा डुबाइन्छ ।
कागतीलाई पानीमा विसर्जित गर्नाले त्यसमा तानीएको स्पन्द पानीमा समाविष्ट हुनमा अधिक समय लाग्दछ । त्यो समय बिचमामा अनिष्ट शक्ति त्यसमा विद्यमान शक्तिको दुरुपयोग गरि पुनः कुनै जीवमा कालो जादू गर्न सक्दछस तर, कागती जलाउदा त्यसमा विद्यमान रज-तमात्मक स्पन्दन शीघ्र नष्ट भएर जान्छ ।
कुदृष्टिको तीव्रता कसरी थाहा पाउने ?
कागती पानीमा विसर्जित गरेपछि कुदृष्टिको तीव्रता अनुसार देखाई दिने स्थूल सदृश परिणाम ‘कुदृष्टिको तीव्रता जति अधिक हुन्छ, त्यसको रज-तम पानीमा समाविष्ट हुनमा त्यतिनै अधिक समय लाग्दछ, जसको कारण पानीमा बग्ने कालावधि बढेर जान्छ ।
कुदृष्टिकोतीव्रता
कागतीमाहुनेस्थूलसदृशपरिणाम
१. कुदृष्टि लागेको छैन भने
कागती पानीमा तुरुन्तै डुब्छ।
२. मन्द
कागती पानीमा तुरुन्तै बगेर जान्छ।
३. मध्यम
कागती पानीमा गोल गोल घुमिरहन्छ।
४. तीव्र
रज-तम युक्त तरङ्गले प्रभारित भएको कारण कागती पानीमा त्यही स्थानमा तैरि रहन्छ, अगाडि बढ्दैन।