पर्वत । १९ बर्षिय एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतको मोदी गाउँपालिका बस्ने ३२ बर्षका दिपक परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
जबरजस्ती करणीको सुचना प्राप्त भए लगतै जिल्ला प्रहरी कार्यालय पर्वतले घटना घटेको स्थलको मुचुल्का सहित जिल्ला अदालत पर्वतमा मुद्धा दायर गरेको प्रहरी नायव उपरिक्षक विश्वराज अधिकारीले बताए ।
अभियुक्तलाई प्रहरी कार्यालय पर्वतको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक अधिकारीले जानकारी दिए।