काठमाडौं । भारतीय हास्य कलाकार भारती सिंह पक्राउ परेकी छिन् । उनलाई नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पक्राउ गरेको हो । एनसीबीका अधिकारीहरुले शनिबार भारती र उनका श्रीमान हर्ष लिम्बाचियाको प्रोडक्सन कम्पनी र घरमा छापा मारेको थियो । दुवै ठाउँमा एनसीबीले ८६.५ ग्राम गाँजा भेट्टाएको हो ।
सोधपुछका क्रममा भारतीले आफूहरुले गाँजा लिने गरेको स्वीकार गरेकी थिइन् । त्यस्तै हर्षसँग एनसीबीले राति अबेरसम्म सोधपुछ गरेको थियो ।
भारतीलाई आइतबार अदालतमा पेश गर्न सकिने बताइएको छ ।
पछिल्ला दिनहरुमा बलिउडमा देखिएको लागुऔषधको जालो तोड्न एनसीबीले आफ्नो अनुसन्धान तिब्र बनाइरहेको छ ।