काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण घट्दै गइरहँदा शनिबार भने लामो समयपछि पहिलो पटक संक्रमित थपिने भन्दा कोरोनामुक्त हुने कम भएका छन् ।
शनिबार ४५ हजार ३०१ जना संक्रमित थपिए । यो संख्यासँगै कुल संक्रमित ९० लाख ९५ हजार ९०८ पुगेका छन् । शनिबार ४४ हजार ५५ जनामात्र कोरोनामुक्त भए । योसँगै कोरोनामुक्त हुने ८५ लाख २० हजार ३९ पुगेका छन् ।
अहिले सक्रिय संक्रमित ४ लाख ४० हजार ५५४ जना पुगेका छन् । शनिबार ४९९ जना पुगेसँगै ज्यान गुमाउनेको संख्या १ लाख ३३ हजार २६३ पुगेको छ ।
भारतका विभिन्न राज्यले छुट्टाछुट्टै रणनीति अपनाइरहेका छन् । ठाउँठाउँमा कर्फ्यूसमेत लगाइएको छ ।