काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपर शीर्ष स्थानमा पुगेको छ । शनिबार राति म्यान्चेष्टर सिटीमाथि २–० गोल अन्तरको जित हात पार्दै टोटनह्याम शीर्ष स्थानमा उक्लिएको हो ।
टोटनह्यामका प्रशिक्षक जोसे मौरिन्होले सिटी प्रशिक्षक पेप ग्वार्डीओलामाथि कठिन जित निकालेका हुन् । सन ह्युङ मिन र वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका जियोवानी लो सेलोले घरेलु टोलीलाई जित दिलाउन एक एक गोल गरे ।
टोटेनहमले लिगमा लगातार चार खेलमा जित निकालेको हो । टोटनह्यामले प्रिमियर लिगमा चेल्सी र लेस्टर सिटीसंग २ अंकको अग्रता लिएको छ ।
शनिबार रातिका अन्य खेलको नतिजा–
न्यूकासल युनाइटेड ०–२ चेल्सी
एस्टन भिल्ला १–२ ब्राइटन
म्यान्चेष्टर युनाइटेड १–० वेष्टब्रोम
अंक तालिका
९ खेलबाट शीर्ष स्थानको टोटनह्यामले २० अंक जोडेको छ । दोस्रो स्थानको चेल्सीले ९ खेलबाट १८ अंक जोडेको छ । तेस्रो स्थानको लेस्टर सिटीको ८ खेलबाट १८ अंक छ ।
चौथो स्थानको लिभरपुलको ८ खेलबाट १७ अंक छ । नवौं स्थानको म्यान्चेस्टर यृुनाइटेडको ८ खेलबाट १३ अंक छ ।
११ औं स्थानको म्यान्चेस्टर सिटीको ८ खेलबाट १२ अंक छ ।