काठमाडौं । विश्व नम्बर एक सर्वियन खेलाडी नोभाक जोकोभिच र दोस्रो वरियताका स्पेनिश खेलाडी राफेल नाडाल एटीपी फाइनल्स टेनिसको सेमिफाइनलबाटै बाहिरिएका छन् । लण्डनमा शनिबार राति भएको पहिलो सेमिफाइनलमा जोकोभिच अष्ट्रियन खेलाडी डोमिनिक थिमसँग पराजित भए ।
३३ वर्षीय जोकोभिचलाई थिमले ७–५,६–७ (१०–१२), ७–६ र ७–५) को सेटमा पराजित गरे । यस्तै दोस्रो सेमिफाइनलमा नाडाल रसियन खेलाडी डानिल मेदभेदेवसँग पराजित भए । नाडाल ३–६, ७–६ (७–४) र ६–३ को सेटमा पराजित भएका हुन् ।
नाडालले अहिलेसम्म एटीपी फाइनल्सको उपाधि जित्न सकेका छैनन् ।