नेपालगञ्ज । दाङका दुई जना कोरोना संक्रमित पुरुषको गएराति कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको छ । घोराही ९ बनगाउँका ६७ बर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा राति ११ः५० बजे र तुलसीपुर ९ बेलुवाका ६८ बर्षीय पुरुषको राति १ः४० बजे कोहलपुरमै मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
योसंगै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका ४६ जनाको मृत्यु भएको छ ।