arrow

बर्दियाका ७७ बर्षीय कोरोना संक्रमितको कोहलपुरमा मृत्यु

logo
प्रकाशित २०७७ मंसिर ७ आइतबार
Dead_Body.jpg.jpeg

नेपालगञ्ज । कोरोना संक्रमणबाट बर्दियाका ७७ बर्षीय पुरुषको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको छ ।

गुलरिया नगरपालिका वडा नम्बर ३ का उनको आइतबार  विहान पौने ४ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । 

स्वास्थ्यमा समस्या आएपछि मंसिर ५ गते उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएका उनको कोभिडको आशंकमा स्वाब परिक्षण गर्दा शनिबार कोरोना पुष्टि भएको थियो ।

यो संगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका ४७ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ ।



लोकप्रिय समाचार
नयाँ