arrow

चूडामणिले खेतमा गरे श्रीमतीको हत्या

logo
प्रकाशित २०७७ मंसिर ७ आइतबार
khukuri.jpg

दमक । झापाको दमक– १ का चूडामणि भण्डारीले आफ्नी श्रीमतीको हत्या गरेका छन् ।

कमल –६ जोगीचौंनस्थित आफ्नो खेतमा गएका समयमा भण्डारीले अन्दाजी ३७ वर्षीया श्रीमती टीकामाया पौडेललाई आइतबार साँझ धारिलो हतियार प्रहार गरेर हत्या गरेको आरोप लगाइएको छ ।

भण्डारीले श्रीमतीको किन हत्या गरे भन्ने विषय खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।  

अभियुक्त भण्डारीलाई नियन्त्रणमा लिइसकिएको बताइएको छ ।



लोकप्रिय समाचार
नयाँ