बेलबारी । मोटरसाईकल चोरी गरेर बिक्रि गर्ने एक गिरोहलाई इलाका प्रहरी कार्यलय बेलबारीले नियन्त्रणमा लिएको छ । को ३६ प १०४० नम्बरको मोटरसाईकल गत भदौ २२ गते साझ वेलबारी नगरपालिका ८ बाट हराएको थियो ।
चोरीमा संलगन ५ जनलाई आईतवार इलाका प्रहरी कार्यालय बेलबारीले सार्वजनिक गरेको छ । चोरीमा संलगन पुजन श्रेष्ठ, बिशेष भुजेल, राहुल साह, उत्तर राई र गगन ध्वज राईलाई निययन्त्रण लिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख ऋषि राज ढकालले बताए ।
ढकालका अनुसार पुजन श्रेष्ठले चोरी गरी बिशेष भुजेलको सहयोगमा बिराटनगर घर भई सुनसरीको धरान उपमहानगरपालिका ३ का २७ बर्षीय बिश्वकर्मा बर्कसप सञ्चालक राहुल साहलाई कमिसन दिनेशर्तमा बेच्न दिएका थिए । ईन्जिन नम्बर, चेचिस नम्बर परिवर्तन गरि राहुलले मोटरसाईकलको स्वरुप समेत परिवर्तन गरेर उत्तर राई र गगन ध्वज राईलाई बेच्न दिएको प्रहरीको अनुसन्धान बाट खुलेको छ ।
उक्त मोटरसाईकल उत्तर राईले कुदाउदै गरेको अवस्थामा मसिर ३ गते सुन्दरहरैचा नगरपालिका वडा नं २ बाट प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका चारै जना बिरुद्ध चोरी मुद्दामा मुद्दा दर्ता गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै प्रहरीले २४ थान हराएको मोवाईल खोजि गरेर धनिलाई दिएको छ ।