arrow

नेपाल–भारत सम्बन्धबारे दुई पक्षीय सम्मेलन, को को हुँदैछन् सहभागी ?

बिहान ११ः४५ देखि सम्मेलन सुरु

logo
प्रकाशित २०७७ मंसिर ८ सोमबार
nepal-india-flag.jpeg

काठमाडौं । नेपाल र भारतबीचको कुटनीतिक सम्बन्ध सुधारका लागि सोमबार छलफल हुँदैछ । दुवै देशका उच्च व्यक्तिहरुबीचको भर्चुअल सम्मेलन हुन लागेको हो । सम्मेलन बिहान ११ः४५ बजे सुरु हुने बताइएको छ । 

सम्मेलनमा नेपालका तर्फबाट सांसद डा दिपक प्रकाश भट्ट, पूर्व अर्थमन्त्री उदय शमशेर राणा, वाणिज्य मन्त्रालयका पूर्व सचिव पुरुषोत्तम ओझा, पूर्व प्रधानसेनापति रुक्मांगद कटवाल, भारतका लागि पूर्व नेपाली राजदूत रञ्जीत राई लगायतको उपस्थिति रहने भएको छ ।

त्यस्तै भारतका तर्फबाट वाणिज्य मन्त्रालयका सचिव सन्जय चढ, भारतीय उपसेनाप्रमुख लेफ्टिनेन्ट जेनरल रवी शहन्ने, भूमियुद्ध केन्द्रका लेफ्टिनेन्ट जेनरल राकेश शर्मा, एसीयाली कुटनीति एवं विदेश मामिला अध्ययन संस्थान (एआईडीआईए) का संस्थापक सुनिल केसी र डा निहर नायको उपस्थिति रहने भएको छ ।

नेपाल–भारतबीच यस वर्षको सुरुमै भएको सीमा विवाद एवं कोरोना भाइरसको माहामारीको कारण भएको लकडाउनले दुईदेशबीचको सम्बन्धलाई केही सामान्य कठिनाइतिर धकेलेको थियो ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेको ८० किलोमिटर कैलाश मानशरोवर सडक सुरुमा मुख्य विवादको रुपमा देखा परेको थियो । त्यसपछि नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेको नक्सा सार्वजनिक गरेको थियो ।

यसक्रममा विवाद केही उच्च स्थितिमा गएको देखिए पनि दुई देशबीच कुटनीतिक तहमा भने स्थिति शान्त नै थियो र अझैं पनि छ । तर, लकडाउन केही खुकुलो भएसँगै दुई देशबीचको सम्बन्ध सुधारका लागि निरन्तर उच्च स्तरिय भेटवार्ता जारी छ ।

केही अघि भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्थ कुमार गोयलले नेपालको भ्रमण गरेका थिए । त्यसपछि भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणले नेपालको भ्रमण गरेका थिए ।

योसँगै यसै महिनाभित्र भारतीय विदेश सचिव हर्षवद्र्धन श्रिंगलाले नेपालको भ्रमण गर्ने भएका छन् । यसरी निरन्तर रुपमा दुई देशबीच उच्चस्तरिय वार्ता हुँदै जाँदा सम्बन्ध पनि निकै नै सुधारात्मकतातिर पुगिसकेको ठानिएको छ ।



लोकप्रिय समाचार
नयाँ