प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा बीचको भएको भेटलाई लिएर नेपालको राजनीति तरंगित हुन पुगेको छ । जसलाई एक हदसम्म स्वभाविक मान्न सकिन्छ । संवैधानिक बहुदलीय लोकतन्त्रमा सत्ता, प्रतिपक्षबीच राष्ट्रिय मुद्दाहरूमा संवाद, सहमति र सहकार्य हुनु पर्दछ।
यो हुन सकेमात्र लोकतन्त्रले स्थायित्व पाई जनताले विकासको प्रतिफल पाउन सक्छन् । तर सत्तारूढ पार्टी भित्रको अन्तर संघर्ष उत्कर्षमा चलिरहेकै बेलामा भएको यस भेटघाटलाई आम जनता र विशेष गरी नेपाली कांग्रेसका कार्यकर्ताहरू सशंकित भएका छन् ।
यस बेलाको राजनैतिक भेटघाटले सत्तारूढ पार्टी भित्रको अन्तर संघर्षमा हामी नेपाली कांग्रेसको भूमिका उहाँहरूको बार्गेनिङ गर्ने एजेन्डाको समाचार बन्नु हुँदैन । यदि यसो भयो भने राजनैतिक र रणनैतिक दुवै हिसाबले गलत हनेछ ।
हामी नेपाली कांग्रेसका नेता, कार्यकर्ता जो–जो–जुन–जुन पदमा छौं त्यी सबै एक प्रकारले अन्तरिम व्यवस्थाका लागि म्याद थपिएका मात्र हुन् ।
हामी नेपाली कांग्रेसजनको अहिलेको आवश्यकता भनेको हाम्रो आंतरिक निर्वाचन निष्पक्ष, स्वतन्त्र, आम नेपाली जनताको भरोसा र आस्थाको केन्द्र बनाउनु र साथमा अन्तर्राष्ट्रिय जगतले समेत सम्मान गर्ने गरी सम्पन्न गर्नु हो। (थकाली पूर्व मन्त्री तथा कांग्रेस नेता हुन्)