पोखरा । टेन्डम उडान भरेको फिस्टेल प्याराग्लाइडिङ ल्याण्ड गर्नेक्रममा दुर्घटनामा परेको छ । फेवातालको सिरान क्याम्पचोकमा ल्याण्ड गर्ने क्रममा फिस्टेल प्याराग्लाइडिङ दुर्घटनामा परेको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा पोखरा २८ का प्यारापाइलट ३८ वर्षका राजु नेपाली रहेका छन् । यसैगरी घाइते हुनेमा प्याराग्लाइडिङ यात्रु काठमाडौंकी शीला श्रेष्ठ रहेकी छन् । उनको पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।
उनको अवस्था चिन्ताजनक रहेकाले काठमाडौं लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
फिस्टेल प्याराग्लाइडिङ ल्याण्डिङ एरियाभन्दा करिव डेढ किलोमिटरमाथि जमिनमा खसेको बताइएको छ ।